काठमाडौं। गृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।
उनले ललितपुरमा ४५ जनाको मृत्यु भएकोमा हालसम्म ३९ जनाको परिवारले दुई लाख पाएको र बाँकी ६ जनाले पनि तत्काल पाउने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिएका छन्। तथ्याङ्क प्राप्त भएको तीन दिनभित्र रकम उपलब्ध गराउने उनले बताए।