काठमाडौं। गृहमन्त्री रमेश लेखकले वीपी राजमार्गमा एक हप्ताभित्र सवारी चलाउने व्यवस्था हुने बताएका छन्। मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले अबको एक साताभित्र वीपी राजमार्गमा डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका हुन्।
उनले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा बताए। मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राहीको विवरण पठाउन आग्रह समेत गरेका छन् ।
लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार दिने बताए।
गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले मंगलबार बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएको पुगेको थियो।