काठमाडौ । नेपाल आयल निगमले दशैं बिदामा पनि पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ। निगमले देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने भएको हो।
निगमका अनुसार विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने रहने निगमले जनाएको छ।