काठमाडौं। स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल गरिएको छ। पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकहरू सँग छलफल गरेका हुन्।
छलफलमा उपप्रधामनमन्त्री सिंहले आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै सुरूमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल गर्नुपर्ने बताए।
उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिनुपर्ने धारणा समेत राखे।
छलफलमा स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरूले चालु आर्थिक वर्षमा भएका योजनाका उपलब्धीहरू, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए।