एजेन्सी। टर्किएमा बस पल्टिँदा ७ जनाको मृत्यु भएको छ। शुक्रवार पर्यटक बस अक्सरे सहरबाट २५ किलोमिटर टाढा पल्टिँदा सात जनाको मृत्यु भएको हो।
घटनामा अन्य ३३ जना घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर छ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ।