काठमाडौं। आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा सामान्य बदली रहने र बाकी सबै भागमा मौसम सफा रहने विभागले जनाएको हो।
आज दिउँसो पाँच वटा प्रदेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा साधारणतया बदली रहने बताइएको छ। यसैगरी तीन वटा प्रदेश कोशी, मधेश, बागमतीका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
आज राति पाँच वटा प्रदेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बाकी प्रदेशमा मौसम सफा रहने विभागले जनाएको छ।