जुम्ला। जुम्लाका २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। लगभग साढे तीन वर्षको समय अवधीमा जुम्लाका २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको हो।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लाका कुल ६० वटा वडा रहेका छन्। ६० वटा वडामध्य २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको बताइएको छ।
२५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि स्थानीय निकै खुशी भएका छन्। अन्धकारमा गुजारिएको जिवनयापनले नयाँ रुप पाएको र निकै सहज भएको उनिहरुले बताए। बाकी रहेका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको बताएको छ।