काठमाडौं। बाढी, पहिरो पीडितलाई नेपाल आयल निगमले आर्थिक सहयोग गरेको छ। निगमले पीडितलाई राहत र पुनःस्थापना गर्नका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो।
पीडितहरुलाई सहयोगको लागि निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।