सुर्खेत। सुर्खेतको फिष्टुला उपचार केन्द्र आइतबार प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ। सम्पूर्ण पूर्वाधार, उपकरण र जनशक्ति प्रदेश अस्पताल मातहतमा आउने गरी आइतबार हस्तान्तरण गरिएको हो।
आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा उपचार केन्द्र हस्तान्तरण गरिएको हो ।
मेडिकल उपकरण, कार्यालयका सामानहरू, स्वास्थ्य सम्बन्धी मेसिनहरू, फर्निचर, विभिन्न औजारहरूका साथै फिस्टुला उपचार केन्द्रमा कार्यरत जनशक्ति समेत प्रदेश अस्पताललाई औपचारिकरुपमा हस्तान्तरण गरिएको छ ।
उपचार केन्द्र हस्तान्तरण भएसँगै यसको नियमित सञ्चालन, निगरानी अब प्रदेश अस्पतालबाट हुनेछ।