काठमाडौं। निर्माण व्यवसायी संघ कञ्चनपुरको २५ औं वार्षीक साधारण सभा आगामी माग १२ गते हुने भएको छ। पुस ५ गते बसेको निर्माण व्यवसायी संघ कञ्चनपुर कार्य समितिको बैठकले संघको साधारण सभा आगामी माग १२ गते गर्ने निर्णय गरेको हो।
निर्माण व्यवसायी संघ कञ्चनपुरका सम्पुर्ण साधारण सदस्यहरुले आगामी माग १० गते भित्र आ आफ्नो सदस्यता नविकरण गराउन संघले आग्रह गरेको छ।
हिजो बसेको निर्माण व्यवसायी संघ कञ्चनपुर कार्य समितिको बैठकले साधारण सभाको मिति तय गरेपनि समय बाकी रहेकोले बिस्तारै तयारी गर्दै जाने निर्माण व्यवसायी संघ कञ्चनपुरले जनाएको छ।