जाजरकोट । जिल्लाको नलगाड नगरपालिकामा निर्माण हुन लागेको अस्पतालको ठेक्का प्रेररा–खण्ड्क कृष्ण क्याराभन जेभीले पाएको छ । नगरपालिकाले एक सूचना जारी गरी १५ शय्याको प्राथमिक अस्पताल निर्माणको ठेक्का प्रेररा खण्ड्क कृष्ण क्याराभन जेभीले पाएको जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को बजेट अनुसार नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुन लागेको छ । यसका लागि नगरपालिकाले प्रकाशित गरेको सूचना बमोजिम प्राप्त भएका बोलपत्रमध्ये न्यूनतम मूल्यांकीत सारभुत रुपमा प्रभावकारी भइ स्वीकृतिका लागि प्रेररा खण्ड्क कृष्ण क्याराभन जेभीलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । यस कम्पनीले अस्पताल निर्माणका लागि करिब २२ करोड लागत कबोल गरेको छ ।
जाजरकोटमा सामान्य बिरामी हुँदा पनि उपचार नपाएर मानिसहरुले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रका मानिसले सामान्य उपचारका लागि पनि सदरमुकाम र अन्य जिल्ला नै धाउनुपर्ने बाध्यता हट्ने भएको छ । नगरपालिकाभित्रै अस्पताल निर्माण हुने भएपछि नगरबासी पनि खुसी देखिएका छन् ।