काठमाडौं। आज बिहान तीन वटा प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मधेश, बागमती र कर्णाली प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो।
आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तीन वटा प्रदेश कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कावर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी प्रदेशमा सामान्यतया बदली रहने महाशाखाले बताएको छ।
आज राति सबै प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।