काठमाडौं। सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ। सामाखुसी यातायातका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रूपमा बस सेवाको उद्घाटन गरेका हुन्।
बस सञ्चालनका लागि उद्घाटन गर्दै प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए।
अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठुला बसमार्फत सेवा प्रदान गरिरहेको प्रालिले जनाएको छ।