काठमाडौं। बेनी–दरबाङ–ताकम–मुना सडक योजना अन्तर्गत धारापानी–झिनडाँडा सडक स्तरोन्नति कार्य भइरहेको छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक सडक मानिएको उक्त योजना अन्तर्गत धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम तिव्र गतिमा भइरहेको हो।
धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख लागतमा ठेक्का सम्झौता भइ निर्माण कार्य सुरु गरिएको थियो।