काठमाडौं। नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट निर्माण गरि सञ्चालनमा ल्याइएको छ। नगर प्रमुख प्रशान्त विष्टले सोमबार लिफ्टको उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरेको हो।
नगर प्रमुख विष्टले लिफ्टको उद्घाटन गर्दै अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने बताए। नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको छ।
डेढ वर्षमा निर्माण सम्पन्न भएको लिफ्ट आधुनिक र डिजिटल प्रणालीमा आधारित रहेर निर्माण गरेको निर्माण कम्पनीले जनाएको छ ।