काठमाडौं। आज कर्णाली प्रदेशको थोरै भागमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्य बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।