काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको विरुद्धमा परेको रिट दर्ता हुने भएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतले गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएर दिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको हो।
भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई पार्टी भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरेका थिए। उक्त जग्गामा भवन निर्माणका लागि गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास समेत गरेका छन्।
अधिवक्ता बस्नेतले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म विपरीत भएको जिकिर गर्दै रिट दिएका थिए। उक्त रिट निवेदन दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो।