काठमाडौं। गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी पहिरोबाट भौतिक पूर्वाधार क्षेत्रमा मात्र साढे ६ अर्बभन्दा बढीको क्षति भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै यस पटकको बाढी पहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्र साढे ६ अर्ब बढीको क्षति पुगेको जानकारी दिएका हुन्।
उक्त क्षतिग्रस्त पूर्वाधारको पुनः निर्माण गर्नका लागि १५ अर्ब ३३ करोड लाग्ने प्रारम्भिक अनुमान रहेको समेत मन्त्री दाहालले जानकारी दिए। बाढी पहिरोका कारण ठूलो क्षति भएकाले एकै पटक पुनः निर्माण गर्न कठिन हुने हुँदा सरकारले प्राथमिकताका आधारमा पुनः निर्माण कार्य अगाडी बढाउने समेत मन्त्री दाहालले जानकारी दिए।
उनले अहिले सरकारले उद्दार र राहत वितरणको काम सकेको र पुनस्थापनाको काम गरिरहेको समेत बताए।