काठमाडौं। अहिले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश र बाकी प्रदेशका भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश तथा अन्य प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।