काठमाडौं। आज दुई वटा प्रदेश कोशी र लुम्बिनीका केही भागमा साधारणतया बदली रही बाकी प्रदेशमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश कोशी र लुम्बिनीका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति तीन वटा प्रदेश कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी प्रदेशमा मौसम सामान्य रहने महाशाखाले जनाएको छ।