काठमाडौं। अर्घाखाँचीको शीतगंगा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। प्लास्टिकजन्य फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएको भन्दै नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बेच्न प्रतिबन्ध लगाएको हो।
नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरेको नगरपालिकाले जनाएको छ।
तिहारमा निकै फुलमालाको प्रयोग गरिने र नजिकीदैँ गरेको तिहारलाई तक्षित गरी यस्ता सामग्रीको बिक्रीवितरण, ओसारपसार र उपभोग गर्न प्रतिबन्ध गरिएको हो।