काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष नेपालको पूर्वाधार, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
अमेरिकी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफलमा मन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरेका हुन्।
उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न समेत आग्रह गरे।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे।