काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटसँग भेट गरेका छन्।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री पौडेलले आज एमसिसीकी प्रमुख कार्यकारी अलब्राइटसँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना र अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको बताइएको छ।
भेटमा अर्थमन्त्री सँगै अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अमेरिकास्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल रहेका थिए।