काठमाडौं। सरकारले बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्त गर्न स्वीकृति दिइने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै बैठकमा जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिए।
नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्नेलगायतका निर्णय भएको समेत प्रवक्ता गुरुङले जानकारी दिए।