काठमाडौं। ललितपुर महानगरपालिकाले बाढीले नदी किनारमा थुपारेको फोहोर सफा गर्न सुरु गरेको छ। असोज ११ र १२ गतेको बाढीले नदी किनारमा थुपारेको फोहोर महानगरले आजदेखि सफा गर्न सुरु गरेको हो।
महानगरपालिकाले आज बिहानदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकमार्फत बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको छ।
यसअघि नै महानगरको बैठकबाट मेयर चिरिबाबु महर्जनले फोहोर संकलनमा सहभागी हुन आह्वान गरेका थिए। सोहीअनुसार स्वयंमसेवक सहभागी भएर सरसफाइ कार्य सुरु गरेका छन्।