काठमाडौं। आज दुईवटा प्रदेश कोशी र मधेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाकी प्रदेशमा मौसम समान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज कोशी र गण्डकी प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।