काठमाडौं। आज देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।
आज राति दुई वटा प्रदेश कोशी र गण्डकीका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सामान्यतया सफा रहेन महाशाखाले जनाएको छ।