काठमाडौं। अहिले देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश र देशका पहाडी भूभागमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
आज राति दुई वटा प्रदेश कोशी र गण्डकीका केही भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा सामान्य बदली सहित मौसम सफा रहने महाशाखाले जनाएको छ।