काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन्।
दाङको धार्मिक पर्यटकीयस्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले भने, ‘पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले सहँदैन। अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने छ।’
बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणस्थलको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीले आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनका निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्ने बताए।