काठमाडौं। आज देशका पहाडी भागमा सामान्य बदली रही बाकी स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाकी स्थानमा सामान्य बदली रहने बताइएको छ।
यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।