काठमाडौं। आज देशका पहाडी र हिमाली भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र सुदूरपश्चिमका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भागका केही भागमा हिमपातको पनि सम्भावना रहेको छ। बाकी प्रदेशमा आशिंक बदली रहने महाशाखाले बताएको छ।
आज राति दुई वटा प्रदेश बागमती र गण्डकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने र बाकी प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।