काठमाडौं। निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधिन रहेको उक्त प्रसारण लाईन निर्माण सम्पन्न भएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दशैं र तिहारको सार्वजनिक बिदामासमेत कर्मचारी र निर्माण ब्यवसायीको मेहनतले गर्दा प्रसारण लाई निर्माण सम्पन्न भएको हो।