काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतका जलशक्तिमन्त्री सिआर पाटिलसँग पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गरेका छन्।
मन्त्री खड्का र जलशक्तिमन्त्री सिआर पाटिलबीच नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खड्काले यस्तो अनुरोध गरेका हुन्।
भेटमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको बताइएको छ।
ऊर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन समेत गरे।
मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएको बताइएको छ।