काठमाडौं। स्याङ्जाको गल्याङ नगरपालिकामा गल्याङ नगर अस्पताल निर्माण सम्पन्न भएको छ। नेपाल–भारत विकास सहकार्यबाट भारत सरकारको ४ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण भएको हो।
अस्पतालको नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटी र गल्या नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन समेत गरिसकेका छन्।
भवन निर्माण भएसँगै यसअघि भाडाको घरमा सञ्चालन हुँदै आएको अस्पतालको अहिले आफ्नै भवनबाट सेवा सञ्चालन भइरहेको छ।