काठमाडौं। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना रहेको र बाकी स्थानमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।