काठमाडौं। देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा सामान्य बदली रहने विभागले जनाएको छ।
आज राति दुई वटा प्रदेश गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा आशिंक बदली रहेन विभागले जनाएको छ।