काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस र मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हायस ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
दुर्घटनामा हायसमा सवार तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।घाइतेको उपचार भइरहेको छ।
बस चालक ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।