काठमाडौं। दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो।
भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक लगायतका आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पबाट क्षति पुगेरनपुगेको विवरण हालसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ।