काठमाडौं। पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमूना जिल्ला सदरमुकामको कार्यालय भवन निर्माण गर्न ६ सय ५२ वटा रुख काटिने भएको छ। सहरी विकास मन्त्रालयले कात्तिक ७ गते सचिव स्तरीय निर्णय गरेर रुख कटानका लागि वन मन्त्रालयलाई पत्र पठाएसँगै अब ६ सय ५२ वटा रुख काटिने भएको हो।
वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने ज्योति कुञ्ज सामुदायिक वन क्षेत्रको जग्गाको स्वामित्व राष्ट्रिय आवास कम्पनी लिमिटेडको नाममा रहेकाले त्यस क्षेत्रका रुख हटाउन सहरी विकास मन्त्रालयबाट अनुरोध पत्र माग गरेको थियो। वन मन्त्रालयले माग गरे अनुसार सहरी विकास मन्त्रालयको सचिव स्तरको निर्णय पत्र वन मन्त्रालय पठाइएको हो।