काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गर्ने बताए।
राजदूत सोङले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एकअर्कालाई निरन्तर सहयोग गर्दै आएको र अझ पनि नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्यलाई निरन्तरता दिने बताएका हुन्।
उनले कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको स्मरण गराए। सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार सँधै तयार रहेको बताए।