काठमाडौं। धनगढी उपमहानगरपालिका–३ विशालनगरमा होटेलको जग खन्दा बम भेटिएको छ। शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा बम भेटिएको हो।
उक्त बम शनिबार बिहान निस्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको प्रहरीले जनाएको छ।
खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीको अनुमान छ।