काठमाडौं। देशभरका पहाडी भूभागमा आंशिक बदली छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा आशिंक बदली रही मौसम सफा रहने जनाएको छ।
आज राति देशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको र बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।