काठमाडौं। आज पहाडी भूभागमा सामान्य बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तीन वटा प्रदेश बागमती, गण्डकी र कर्णालीका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।