फाइल फोटो
काठमाडौं। मनाङ जिल्लाको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् विस्तार भएको छ। घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै उनिहरुको सुविधाको लागि विद्युत विस्तार गरिएको हो।
समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् सेवा सञ्चालन गरिएको बताइएको छ। बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् सेवा सञ्चालनमा ल्याईएको हो।
यस भन्दा अगाडी सौर्य उर्जाबाट विदयुत आपूर्ति गर्दै आएकोमा अब राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् विस्तार भएपछि निकै सहज हुने बताइएको छ।