फाइल तस्बिर
काठमाडौं। भद्रपुर नगरपालिका–५ स्थित घर नभएका मेहरा दायिरालाई नेपाल तरुण दल भद्रपुरले घर बनाइदिएको छ। पाँच लाख लागतमा तरुण दल भद्रपुरले दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो।
आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई घर हस्तान्तरण गरेका हुन्।
आर्थिक अभावले घर बनाउन नसकेका श्रमिक काम गर्ने दायिराले नवनिर्मित घर प्राप्त गरेपछि खसी व्यक्ति गरेका छन्।