काठमाडौं। देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
आज दिउँसो पाँच वटा प्रदेश कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाडी भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भागका थोरैस्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सफा रहने छ।
आज राति चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।