काठमाडौं। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउसो चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका थोरै स्थानमा सामान्य बदली रहि बाकी स्थानमा मौसम सफा रहेन महाशाखाले जनाएको छ।