काठमाडौं। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम कोरला सडककाे हालसम्मको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। आयोजनाको काम सुरु भएको आठ वर्षमा हालसम्म ८४ प्रतिशत मात्र भौतिक प्रगति भएको हो।
आव २०७९/८० मा सम्पन्न गर्ने गरी दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुरु गरिएको थियो। १० अर्ब लागत अनुमान गरिएको यो सडकको एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाले जनाएको छ।
सम्झौता अवधिमा काम पुरा नभएपछि आयोजना निर्माण सम्पन्न गर्ने अवधिलाई आव २०८२/८३ सम्म थप गरिएको छ।