काठमाडौं। कर्णालीको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्षा १० बुँदे ज्ञापनपत्र बुझाइएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई विभिन्न माग राखेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शाहीले ज्ञापनपत्रमा कर्णालीको स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमा हुनुपर्ने जति विकास नभएको उल्लेख गरेका छन्। कर्णालीको जनताको जीवनस्तर न्यून रहेकाले राज्यले स्थानीय आवश्यकताअनुसार सुधारका कार्यक्रमहरू अघि बढाउनुपर्ने उनको भनाइ।
कर्णालीमा आत्मनिर्भर कृषि उत्पादन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा योग्य व्यक्ति नियुक्त गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी विज्ञप्तिमा कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति, कर्णाली राजमार्ग र वैकल्पिक सडकको स्तरोन्नति हुनुपर्ने माग राखिएको छ।