काठमाण्डौं। काठमाण्डौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौं उपत्यकामा पनि बिहानैबाट चिसो भएको छ।
आज दिउँसो गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रको केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाउको छ। बाकी स्थानमा मौसम सफा रहने महाशाखाले बताएको छ।
आज राति पहाडी भागमा आशिंक बदली रहि हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।